गैर आवासीय नेपाली भिसा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु:
- फोटो टाँस भएको आवेदन फाराम २ प्रति
- नेपाली मूलको व्यक्ति हो भनी खुलेको प्रमाणित कागजात (गैर आवासीय नेपाली कार्ड) वा सम्बन्धित दूतावासको सिफारिस वा नेपाली नागरिकसँगको नाता प्रमाणपत्रको छायाँप्रति
- नेपाली नागरिकसँगको नाताका आधारमा भिसा माग भए नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको छायाँप्रति
- निरोगिताको प्रमाणपत्र
- राहदानी र अन्तिम भिसाको छायाँप्रति
गैर आवासीय नेपाली भिसाको नवीकरण/म्याद थप गर्दा पेश गर्नुपर्ने कागजातहरू:
- आवेदन फाराम २ प्रति
- निरोगिताको प्रमाणपत्र
- राहदानी एवं अन्तिम भिसाको छायाँप्रति